सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति गरिने

रासस
चैत्र ७, २०७५
volleyball_Fotor

पोखरा,  ६ चैत। कास्कीको रुपा गाउँपालिका वडा ६,  मोहोरीयास्थित सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति गरिने भएको छ।

खेल मैदान स्तरोन्नतिका लागि रुपा गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको छ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेल माध्यमबाट पर्यटनको विकासका साथै समृद्धिसँग जोडिनुपर्ने आवश्यकता औल्याए।

यस्तै,  रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय स्थापनाका लागि समन्वय समितिको कोषबाट चार करोड रुपैयाँँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए।

खेलमैदान उपभोक्ता समितिका अध्यक्ष सन्दीप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवम् लोकप्रिय खेल भलिबल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो औल्याए।

गाउँपालिकाका केन्द्रमा रहेको सो भलिबल खेल मैदान फराकिलो वनाउने कार्य भई रहेको सिद्धार्थ क्लबका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिए।

सो अवसरमा भलिबलका क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा भलिबलका राष्ट्रिय टिम क्याप्टेन ईमबहादुर रानामगरलाई कदर गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • हारबाट सिक्छ गण्डकी भलिबल

    धनबहादुर गुरुङ भाद्र २२, २०८१
    पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश ।…
  • पलेसालाई बधाईको ओइरो

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा । खेलकुदमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल भएकी पलेशा गोवर्धनलाई यतिखेर बधाईको ओइरो लागेको छ । पेरिस पारालिम्पिक २०२४…
  • अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । पोखरामा अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स सुरु भएको छ । क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाले…
  • काभा भलिबलका खेलाडीलाई सरकारको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान…
  • लमजुङ एफसी च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    लमजुङ । दुबईमा आयोजित तेस्रो टाइगर कप–२०२४ युएई कपमा लमजुङ एफसी च्याम्पियन बनेको छ । फाइनलमा मेची महाकाली क्लबलाई १–०…

hero news full width