सुब्बा नाथु–प्रल्हादलाई राष्ट्रिय विभूति घोषणा गरिने

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७५
nathu pralad photo hemja_Fotor

पोखरा याम्दीमा स्थापना गरिएको सुब्बा नाथु तथा सुब्बा प्रल्हाद गुरुङको अर्धकदको प्रतिमा। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज

पोखरा याम्दीमा स्थापना गरिएको सुब्बा नाथु तथा सुब्बा प्रल्हाद गुरुङको अर्धकदको प्रतिमा। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, २७ फागुन। रिभानचौर नाथु–प्रल्हाद ङेह्रो पैंगिलामा परिवार समिति कास्कीको रजतजयन्ती अन्तर्गत त्रिदिवसीय कार्यक्रम सोमवार याम्दीमा शुरु भएको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा विकास मन्त्री किरण गुरुङले सुब्बा नाथु तथा सुब्बा प्रल्हाद गुरुङले नेपाल र भोटको युद्घमा उल्लेख्य योगदान गरेको स्मरण गर्दै उनीहरुलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने बताए। मन्त्री गुरुङले भक्ति थापा, काजी अमरसिंह थापाले जस्तै देशका लागि उनीहरुको योगदान गरेको जनाएका थिए।

पूर्व सांसद सीता गिरी ओलीले सुब्बा नाथु गुरुङ तथा प्रल्हाद गुरुङले गरेको योगदानलाई कम नआँक्न अनुरोध गरिन्।

त्यस अवसरमा मूर्तिकार विष्णु बराल, इन्द्रेणी सांस्कृतिक परिवारका प्रमुख गायक कृष्ण कणेर्ल लगायतले धारणा राखेका थिए।

कार्यक्रमबीच रजतजयन्ती स्मारिका–२०७५ विमोचन, सुब्बा नाथु गुरुङ तथा सुब्बा प्रल्हाद गुरुङको संयुक्त सालिक अनावरण गरियो । त्यस्तै, राष्ट्रिय झण्डा, नाथु तथा प्रल्हाद गुरुङका झण्डा झण्डोत्तोलन गरिएको थियो।

तीन दिनसम्म मनाइने रजतजयन्ती अन्तर्गत संस्थापक, लामो समय सेवा गर्ने सदस्य र उत्कृष्ट काम गर्ने सदस्यलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति एवं अन्तिम दिन समापन समारोह हुने समिति अध्यक्ष क्या. डम्बरबहादुर गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष सु. कर्णबहादुर गुरुङले स्वागत र महासचिव यामबहादुर गुरुङले संचालन गरेका थिए।

रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगिलामा परिवार समिति कास्की स्थापना भएपछि २०५४ सालमा बंशवृक्ष पुस्तक प्रकाशित गर्नुको साथै नाथु प्रल्हाद स्मृति भवन निर्माण गरिएको थियो।

त्यस्तै, २०६६ सालमा नाथु प्रल्हाद संग्रहालय निर्माण गरिएको थियो। सो संग्रहालयमा नाथु प्रल्हाद र पुर्खाले प्रयोग गरेका हतियारहरु राखिएको छ। पूर्खा नाथु प्रल्हादले नेपाली सेनामा रहेर अग्रेजसँगको युद्वमा प्रदर्शन गरेको वीरता सदैव स्मरणीय रहने समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • नेपालमा पहिलो पल्ट समलिंगी विवाह

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । नेपालमा पहिलो पल्ट समलिंगी विवाह दर्ता भएको छ । बुधबार माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी…
  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित…
  • लम्पी स्किनबाट पीडित किसानलाई राहत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    दमौली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीरूपमा…
  • बुद्ध एयरको जहाज  ‘ओभरसुट’

    रासस मंसिर १२, २०८०
    काठमाडौं । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ…
  • जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

    रासस मंसिर १२, २०८०
    जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा…

hero news full width