ङयोए तमु धिं लेखनाथको १७ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७५

लेखनाथ, १२ कात्तिक। ङ्योए तमु धिं लेखनाथको १७ औं वाषिर्क साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ।

साधारण सभा उद्घाटन गर्दै तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले गुरुङ समुदायको मौलिक संस्कृति रक्षा र जातीय एकतालाई जीवन्त दिन तमु समुदायहरु एक हुनुपर्नेमा जोड दिएकी थिइन्।

ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा आदिवासी पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष होमबहादुर गुरुङ, संस्थाकी कानूनी सल्लाहकार जूनाकुमारी गुरुङ, संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, संस्थाका निर्वतमान अध्यक्ष जंगबहादुर गुरुङ, वडा २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङ, तमु छोज धिंका कास्कीका अध्यक्ष टेकबहादुर गुरुङ, आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी, संस्थाका उपसचिव बुद्धिबहादुर गुरुङ र पूणिर्मा गुरुङ लगायतले धारणा राखेका थिए।

संस्थाका उपाध्यक्ष सु. चेसबहादुर गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव मेघबहादुर गुरुङले गरेका थिए। अधिवेशनमा नेतृत्वका लागि सहमति नजुटेकाले कात्तिक १४ मा पुनः भेला आहवान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width