गुप्तेश्वर गुफा अब अंग्रेजीमा

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५

पोखरा, १५ असोज। लेखक रवीन्द्र माकाजूको ४९ औं कृति गुप्तेश्वर गुफालाई अंग्रेजी भाषामा रामचन्द्र उपाध्याय पौडेलले अनुवाद गरेका छन्।

पोखरा महानगरपालिका-१७ मा पर्ने गुप्तेश्वर महादेव गुफा स्वदशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र मानिन्छ।

माकाजूले पोखराका धार्मिक केन्द्र श्रीतालबाराही, श्री विन्दुवासिनी, श्रीभद्रकालीलगायतका धार्मिक सम्पदाको संरक्षण सर्म्वद्धन गर्ने हेतुले पुस्तक प्रकाशन गरेका छन्।

माकाजूका पुस्तकमध्ये माता मनकामना, माता बिन्दुवासिनीका पुस्तक अंग्रेजी र हिन्दी भाषामा अनुवाद भैसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width