हेमजा, १२ साउन।पोखरा उपत्यका बृहत् सफाइ अभियानको ११३ श्रृंखला तथा हेमजा सफाइ अभियानको ८ औं श्रृङंला संयुक्त रुपमा सम्पन्न भएको छ ।
‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने मूलनाराका साथ शुसो अभियानअन्तर्गत शनिबार मिलनचोकदेखि गैरीसम्मको भित्री बाटो सरसफाइ गरिएको हो।
कार्यक्रम उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अभियानले समग्र कास्की जिल्लाकै प्रतिष्ठा बढाएको दावी गर्दै सरसरफाईका अलावा गुण्डागर्दी नियन्त्रण, अराजकताको अन्त्यमा पनि समुदायले ध्यान दिनुपर्ने बताए।
एसपी रानाले टोलेगुण्डा, लागुऔषध, विकृति, विसंगतिको अन्त्यका लागि कास्की प्रहरी चनाखो रहेको दावी गर्दै समाजलाई सभ्य बनाउने दायित्व नागरिकको पनि भएको जनाए।
बृहत सरसफाइ अभियान संयोजक रामबहादुर पौडेलले सरसफाइ अलावा अब आफूहरुको ध्यान नगर क्षेत्रभित्र रहेका चौतारी र सार्वजनिक जग्गाको संरक्षणमा गएको औँल्याउदै सार्वजनिक जग्गाको हिनाबिना र अतिक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिए।
वडाध्यक्ष शोभाकर तिम्सिनाले बृहत् सफाइ अभियान आमपोखरेलीलाई चेतना जगाउने गतिलो माध्यम बनेको तर्क गर्दै अब हेमजाको मिलनचोक क्षेत्रमा सार्वजनिक शौचालय निर्माणमा वडाले ध्यान दिने बताए।
अध्यक्ष तिम्सिनाले वडामा रहेका सार्वजनिक चौतारोको संरक्षण गरिने र चौतारोमा रहेका रुखहव्यवस्थित गरिने उल्लेख पनि गरेका छन्।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, विष्णुपादुका मावि, हेमजा बोर्र्डिङ स्कूल, स्नो भ्यू बोर्र्डिङ, माछापुच्छे्र महिला क्लब रत्नचोक, ड्यामसाइड टोल विकास संस्था, जनप्रिय मावि स्काउट समूह, मितेरी आमा समूह बैदाम, युनाइटेड युथ क्लब नागढुंगा र पोखरा महानगरपालिका सरसफाइ शाखाले ऐक्यबद्घता जनाएका थिए।
कार्यक्रमबीच वडाध्यक्ष तिम्सिनाले सहभागीलाई सरसफाइ सचेतनाबारे शपथ खुवाएका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१