पोखरा, ३ जेठ । सामाजिक वृत्तचित्र ‘प्रयास’ यही जेठ ५ गते प्रिमियर सो हुने भएकोे छ।
सामाजिक परिवेशमा सडकका बालबालिकाको विषय समेटिएर निर्माण गरिएको वृत्तचित्र ‘प्रयास’ शनिबार प्रिमियर शो हुने भएको छ ।
मोइन मिडिया प्रालिले बालबालिका तथा युवालाई कुलतमा फस्नबाट निरुत्साहित गर्दै वर्तमान समयमा बालबालिकाले चाहेर बाल विवाह गर्न नहुने सन्देश प्रवाह गर्न वृत्तचित्र निर्माण गरेको प्रालि अध्यक्ष जैनव खातुनले बताइन्। उनले भनिन्, ‘यस वृतचित्रले पोखरामा रहेका सडक बालबालिकाको अवस्था अध्ययन गरी ती बालबालिकाको अवस्था यथार्थ चित्रण गरी बालबालिका साथै युवाद्वारा नाटकीय रुपमा प्रस्तुत गरेको छ।’
वृत्तचित्र स्वदेश तथा विदेशमा समेत प्रदर्शन गरी बचत भएको करिब २५ प्रतिशत रकम बालबालिकाको क्षेत्रमा खर्चिने उनले बताइन् ।
लामो समयदेखि मुस्कान क्लब मार्फत सडक बालबालिकाका विषयमा आवाज उठाउँदै आएकी खातुनको पहिलो प्रयासमा वृत्तचित्र निर्माण हो। वृतचित्र जेठ २५ मा पोखराको हलमा प्रदर्शन समेत हुने उनले बताइन् ।
वृतचित्रमा डा मिलन गौतम, दीननाथ बराल, रमेश तिमिल्सिना, प्रसुना भण्डारी, अनिश नेपाली, रेश्म विक, समीर रामदम, किरन बानियाँ, परिना केसी, अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट, माधव पनेरु, शिलास केसी, घनश्याम पाण्डे, सुरेशराज अधिकारी, प्रकाश अधिकारी, शिवहरि देवकोटाले अभिनय गरेका छन् ।
बालकलाकारमा मुवाज आलाम, प्राप्ति सम्साल, सन्देश विक, सम्बोधन कुँवस, सक्सेस कुँवर, प्रयका सिलवाल, सुजल सेडाइ लगायत रहेका छन्। शव्द संकलक तथा गीतकार जसबहादुर गुरुङ, गायिका पूजा गुरुङको समेत प्रस्तुति छ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाजिक परिवेशमा निर्माण भएको उक्त वृत्तचित्रले समाजमा सन्देश दिन सक्ने बताए।
वृत्तचित्रमा कलाकार समेत रहेका पत्रकार दीननाथ बरालले सडक बालबालिकालाई अवसर दिन सके उनीहरु समाजमा केही गर्न सक्ने बताए ।
नवप्रभात माविका पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष दीपेन्द्र मसारीले वृत्तचित्रको सफलताको कामना सहित नगद हस्तान्तरण गरेका छन्। एजेन्सी
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१