हनुमान जयन्तीमा निशान यात्रा

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
hanuman jayanti

पोखरा, १७ चैत । हनुमान जयन्तीको अवसरमा मारवाडी युवा मञ्च पोखराले पोखरामा शनिबार निशान यात्रा गरेको छ ।

हनुमानको महिमा गान गर्दै गरिएको यात्रामा १ सय ८० जना सहभागी थिए ।

पोखराको सिद्वार्थचोकबाट शुरु यात्रा सृजनाचोक, रत्नचोकहुँदै पोखरा बैदामस्थित केदारेश्वर मन्दिर प्राङ्गणमा रहेको हनुमान मन्दिरमा पुगेको थियो ।

समापनमा हनुमान मन्दिरमा रहेका झण्डै ३ सय भक्तजनलाई प्रसाद वितरण गरिएको थियो ।

यात्रा सम्पन्न गर्नका लागि मञ्चका सचिव मनोजकुमार मोरको संयोजकत्वमा केतन नथामी, नरेन्द्र गोयल र सत्यनारायण अग्रवाल सदस्य रहेको समिति गठन गरिएको थियो ।

कार्यक्रम मारवाडी युवा मञ्चका अध्यक्ष सन्तोषकुमार अग्रवालको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै