पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
pokhara 10 newd

पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित स्टेसनरी सामग्री वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुँडहर आधारभूत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी २ सय थान स्टेसनरी सामग्री वितरण गरेको हो ।

कालिका माविलाई ८५ थान, कुँडहर आधारभूत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेसनरी प्रदान गरिएको वडा अध्यक्ष रोजेश गुरुङले बताए । पोखरा महानगरभित्र रहेर पनि हालसम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभूत विद्यालयमा यसअघि ५ सेट कम्प्युटरसमेत प्रदान गरिएको बताउँदै उक्त सहयोगले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले कम्प्युटर शिक्षा प्राप्त गर्न सहज हुने उनको भनाइ रहेको थियो ।

पोखरा १० का वडा सदस्यहरू नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रधानाध्यापक बलराम गिरी, कुँडहर आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योउलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिक अध्यक्ष दीपक थापा लगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width