भुजेल समाजको रक्तदान

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
bhujel samaj

पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव सुजन लामाले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरु गरेका थिए । कार्यक्रममा लामाले लामाले रक्तदान गर्नु पनि मानवीय धर्म भएको भन्दै समय समयमा रक्तदान गर्नाले शरीरलाई पनि राम्रो हुने बताए ।

भुजेल समाज जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष नरबहादुर घर्तीले रक्तदातालाई प्रमाणपत्रसहित धन्यवाद दिएका थिए ।

भुजेल समाज जिल्ला अध्यक्ष नरबहादुर घर्तीको अध्यक्षतामा पोखरा ९ पृथ्वीचोकमा कार्यक्रम भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश जनजाति युवा संघका उपाध्यक्ष रवीन्द्र भुजेल, सचिव बुद्धि गुरुङ र कार्यक्रमका संयोजक भुजेल समाज जिल्ला सचिव सुरज प्रकाश भुजेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width