स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
sports award

पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेकोमा खुसी व्यक्त गर्दै अवार्ड पारदर्शीमा जोड दिए । हालसम्म खेल क्षेत्रमा अवार्ड कार्यक्रमले बेग्लै रौनकता थप्न सफल भएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा गण्डकी गल्फ संघ अध्यक्ष एवं गण्डकी प्रदेश सभाका पूर्व सदस्य इन्द्रधारा विष्ट, गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, सेपाटाक्रो संघ गण्डकी अध्यक्ष श्यामबहादुर श्रेष्ठ, प्रदेश हक्की संघ गण्डकी अध्यक्ष दीपकबहादुर थापा, सुटिङ एशोसिएसन गण्डकी कोषाध्यक्ष केबी गुरुङ, नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्टस् एशोसिएसन गण्डकी सचिव मोहन खड्काले बोलेका थिए ।

साथै, गण्डकी प्रदेश पौडी संघ अध्यक्ष आनन्द कुँवर, सचिव अनिल थापा, टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिबी नेपाली, गण्डकी प्रदेश एथलेक्टिक्स संघ उपाध्यक्ष इन्द्रा मल्ल, कास्की जिल्ला ह्याण्डबल संघ अध्यक्ष चित्रबहादुर थापा, सहारा क्लब पोखरा अध्यक्ष केशवराज बराल, नेपाल ट्रायथोलन संघका डिल्लीराज सुवेदी, टेनिस संघ गण्डकी अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष विष्णुबहादुर थापा, सचिव नवीन चालिसे, जुडोका रवी गुरु लगायतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुको जिज्ञासा मञ्च अध्यक्ष दीननाथ बराल, अवार्डका लागि संघसंस्था परिचालन उपसमिति संयोजक रोहितराज पराजुली, मञ्च पूर्व अध्यक्ष केशव पाठक र महासचिव राजाराम पौडेलले मेटाए । कार्यक्रममा मञ्च गण्डकी उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व सल्लाहकार सुदर्शन रञ्जित, प्रचारप्रसार उपसमितिका सहसंयोजक विजय नेपाल, सदस्य विजय नेपाली, सञ्चारकर्मी लोकेन्द्र मानन्धर, रेखा ढकाल लगायत सहभागी थिए ।

संघसंस्था परिचालन उपसमिति संयोजक रोहितराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पौडेलले गरेका थिए । मञ्चले २८ वैशाखमा पोखरा सभागृहमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई गरी ८ विधामा अवार्ड दिने प्रदान गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width