हेमजामा नागरिक आरोग्य कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
hemja

पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु भएको छ । जसका लागि हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरु आरोग्य कार्यक्रमका लागि तथ्यांक संकलन र पूर्ण खोप अभियानका लागि खटिएको वडाध्यक्ष एवं पोखरा महानगर प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

यस कार्यक्रममा घरमै ब्लडप्रेसर, तौल, सुगर आदि परीक्षण गरिनुका साथै औषधी सेवन गरिरहेका व्यक्तिहरुले चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गरे वा नगरेको जाँच गरी स्वास्थ्य परामर्शसमेत दिइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width