धारापानीमा निशुल्क दन्त शिविर

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
dharapani health

पोखरा । नेलम्बो नेपालले पोखरा ५, धारापानी मार्गमा निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवस २०२४ को अवसर पारी संस्थाले त्यहाँस्थित धारापानी टोल विकास संस्था ‘ख’ तथा धारापानी आमा समूहको व्यवस्थापनमा शिविर सञ्चालन गरेको हो ।

शिविर उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले नेलम्बोले उदाहरणीय कार्य गर्दै आइरहेको स्मरण गर्दै अन्य संघसंस्थाले पनि नेलेम्बोका गतिविधिबाट पाठ सिक्नुपर्ने बताए । उनले स्वास्थ्यलाई ख्याल गर्न वडावासी समक्ष आग्रह गर्दै मानिसले भौतिकका साथसाथै मानवीय विकासलाई पनि ध्यान दिनुपर्ने सुझाए ।

नेलम्बो अध्यक्ष एकदेव देवकोटाले मानव जीवनमा मुख स्वास्थ्यको कुरा महŒवपूर्ण हुने उल्लेख गर्दै दाँत रहेमात्रै आँत रहने स्पष्ट पारे । दन्त उपचार तुलनात्मक रुपमा महँगो पर्ने जनाउँदै अध्यक्ष देवकोटाले छुटेकालाई लक्षित गरी आगामी दिनमा पुन शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

टोल विकास संस्थाका अध्यक्ष हरिश्चन्द्र अधिकारीले शिविरबाट फाइदा लिन टोलवासी समक्ष आग्रह गर्दै आयोजकप्रति धन्यवाद दिए ।

शिविरको पहिलो दिन बुधबार दाँतको एक्सरे २५, दाँत सफा गर्ने ३०, दाँत भर्ने २२, दाँत निकाल्ने १७ तथा दाँतको इनामेल १ जनाको प्लास्टिक (लामो छोटो मिलाउने) गरिएको कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए । शिविरमा डा. दीक्षा क्षत्रीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width