सकियो सांकेतिक भाषा तालिम

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
Sanketik lg

स्याङ्जा । चापाकोट नगरपालिकामा सञ्चालित २ महिने सांकेतिक नेपाली भाषा (दोभाषे) तालिम सकिएको छ । चापाकोट नगरपालिकको आर्थिक सहयोग तथा अपांग संघ चापाकोटद्वारा सञ्चालित तालिममा ३० जना सहभागी थिए ।

सहभागीलाई सांकेतिक भाषाको प्रमाणपत्र वितरण गर्दै उपप्रमुख इशा रानाले तालिमका सहभागीले अपांगता भएका व्यक्तिलाई सांकेतिक रुपमा भाषा बुझाउन सक्ने बताइन् ।

दोभासेको अभावमा अपांगता भएका व्यक्तिले भोग्दै आएको कठिनाई दोभाषे उत्पादन गरिएसँगै सहज भएको उनको भनाइ छ ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख मनोज श्रीमल, इलाका प्रहरी चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाह, दोभाषे भुवन भण्डारीलगायतले सांकेतिक भाषा तालिमबाट भाषा बुझाइमा उत्पन्न हुने समस्याको समाधान हुनेमा जोड दिए।

तालिममा अस्मिता खनालले प्रशिक्षण दिएको अपांग संघ चापाकोटका अध्यक्ष सुनीता थापाले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width