सिद्धार्थ क्लबको रक्तदान, ६६ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
Blood donation (1)

पोखरा । सिद्धार्थ क्लब पोखराले आयोजना गरेको रक्तदान कार्यक्रम ६६ युनिट रगत संकलन भएको छ ।

सिद्धार्थ टोल टोल विकास संस्था, भवानी आमा समूह, बगालेटोल दिदी बहिनी समूहको सहआयोजना एवं नेपाल रेडक्रस सोसाइटी कास्की प्रदेशीय रक्तसञ्चार सेवा, पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए । उनले सिद्धार्थ क्लबको बाल, शिक्षा, महिला स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक रुपान्तरणका कार्यक्रमहरुमा वडा कार्यलयबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

क्लबले स्थापनाकाल २०४१ सालदेखि नै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले बताइन् । उनले कार्यक्रम सफल पार्ने सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिइन् ।

संयोजक दिनेश श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुली र सञ्चालन सचिव विनोदप्रसाद श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width