पाेखरामा माग्दै हिंड्ने २५ जना नियन्त्रण

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
Pokhara metro

पोखरा । पोखरा सहरमा माग्दै हिंड्ने २५ जनालाई नियन्त्रण लिइएको छ । पोखरालाई आइतबार ‘पर्यटनको राजधानी’ घोषणा गरिने भएपछि नगर प्रहरी र वडा प्रहरी कार्यालय बैदामको सहयोगमा बिहीबार उनीहरुलाई विभिन्न ठाउँबाट नियन्त्रण लिएर मानवसेवा आश्रममा लगिएको हो ।

तीमध्ये ९ जना पुरुषलाई हेमजास्थित आश्रम र ४ महिलालाई छोरेपाटनस्थित आश्रममा राखिएको छ । साथै ९ जना बालकलाई अमरसिंह बाल हेल्प लाइन र ३ जना बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पर्यटकीय क्षेत्र लेकसाइड सहित पृथ्वीचोक, चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

भिक्षा माग्न कानुनले निषेध गरकाले पोखराको सडक, गल्ली, पार्क, सार्वजनिक सवारीसाधन, सवारी, बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालय परिसरलगायतमा भिक्षा माग्न नदिने प्रहरीले जनाएको छ । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा भिक्षा माग्ने कार्यमा रोक लगाइनेछ ।

बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि.सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width