स्काउट गण्डकी प्रदेश परिषद्को सपथ

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
scout

पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश परिषद्को प्रथम बैठकमा स्काउटरलाई सपथ गराइएको छ । गत माघ २७ गते भएको प्रदेश परिषद्को निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर विजयी भएका थिए । नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति सदस्य आशीर्वाद सुवेदीले निर्वाचितलाई सपथ ग्रहण गराएका हुन् ।

स्काउट गण्डकी प्रदेश परिषद् सदस्य अनिता राई, एलिसा विक, सुनिता लो, सरिता ढकाल, शकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल, मना गुरुङ, लेकमाया पुन, अनीता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिकाप्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, विनय पराजुली, भीमप्रसाद सुवेदी, अरुणकुमार शर्मा काफ्लेलगायतले सपथ लिए ।

नवनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गरेका छन् । प्रदेश परिषद्मा निर्वाचितहरूमध्येबाट निवर्तमान सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले फागुन ६ गते नेपाल स्काउटको नियमावलीले गरेको व्यवस्थाबमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गरेकी थिइन् ।

पदभार ग्रहण गरेसँगै प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियानलाई सशक्त रुपमा सञ्चालन गरिने र आगामी दिनमा व्यापक रुपमा स्काउट तालिमको आयोजनासँगै बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरिने बताए । बैठकमा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारी, पूर्व राष्ट्रिय तालिम आयुक्त नारायणप्रसाद पराजुली, पूर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुलीलगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width