जटाशंकर धार्मिक विकासमा महाशिवरात्री मेला

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
jatashankar

पोखरा । पोखरा २६ स्थित जटाशंकर धार्मिक विकास समितिद्वारा १४ औं सिलिंगे महाशिवरात्री मेला सम्पन्न भएको छ ।

मेला उद्घाटन गर्दै वडा २६ का वडाध्यक्ष नरेन्द्र थापाले धर्म, संस्कृतिको संरक्षणसँगै यसको सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए । फागुन २४ र २५ गते सञ्चालन भएको मेलाले शिवरात्री पर्वको महत्व बुझाउन सहज हुने तवरले आयोजना गरिएको मेलाका सहसंयोजक विकास रानाभाटले बताए ।

भगवान् शिवसँग सम्बन्धित कथा वाचन मेलाको मुख्य आकर्षण थियो । साथमा भजनकीर्तन, सांगीतिक कार्यक्रम, महाआरतीको प्रस्तुतिले सुनमा सुगन्ध थपिदिएको थियो । मेलामा साना बालबालिकादेखि ज्येष्ठ नागरिक गरी करिब २ हजार जनाको बाक्लो उपस्थिति रहेको मेलाका संयोजक युवापण्डित रामप्रसाद सिग्देलले जानकारी दिए ।

उक्त कार्यक्रममा मन्दिरको कलासंस्कृति झल्कने र आन्तरिक तथा वाह्य पर्यटकको अकर्षणको केन्द्रविन्दु बनाउनका निम्ति करिब १० करोडको परियोजना (डिपिआर) सहितको वृत्तचित्र प्रदर्शन गरिएको धार्मिक विकास समितिका सचिव विशाल राजभाटले बताए । कार्यक्रममा गणेश तथा भद्रकाली मन्दिर समितिका अध्यक्ष योगेन्द्रमान शेरचन, भगवती हाइड्रो पावरका सञ्चालक वसन्तमोहन भट्टराई, समितिका सल्लाहकार हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, समाजसेवी रामचन्द्र अधिकारी, रवि बराल, वडा २६ का वडा सदस्य तीर्थबहादुर राजभाट लगायतले शिवरात्रिको महत्व र धार्मिक क्षेत्रमा समितिबाट गरिएका कार्यबारे भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width