दीर्घकालीन असर पार्ने निर्णय नगर्न गण्डकी सरकारलाई एमालेको चेतावनी

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
khagaraj

पोखरा । गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको भन्दै यस्तो अवस्थामा दीर्घकालीन असर पर्ने खालका कुनैपनि निर्णय नगर्न र त्यस्ता काम कारवाही अगाडि नबढाउन नेकपा एमालेले सचेत गराएको छ । नेकपा एमाले प्रदेश सभा संसदीय दलको आइतबार बसेको बैठले योसहित ३ निर्णय गरेको हो ।

सत्ता सहकार्यमा फागुन २१ गतेवाट आएको बदलावको असर गण्डकी प्रदेश सरकारको सत्ता सहकार्यमा पनि परेको भन्दै बैठकले यस्तो अवस्थामा गण्डकी प्रदेशमा सरकार निर्र्माणको प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण निर्माण गर्न सवैलाई आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए ।

परिवर्तित परिस्थितिमा दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्नका लागि दलको नेता माननीय खगराज अधिकारीलाई जिम्मा दिने निर्णय पनि बैठकले गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width