११४ औं अन्तर्राष्ट्रिय महिला दिवसमा गण्डकी सरकारबाट सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २५, २०८०
famale samman

पोखरा। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ । पोखरामा शुक्रबारसामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ महिला सहकारी संस्थालाई पनि सम्मान गरियो ।

५० हजारसहित सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट कान्तिपुरकी प्रतीक्षा काफ्ले, रेडियो सफलताकी दुर्गा अधिकारी र राससकी फोटो पत्रकार राधिका कँडेल छन् । सामाजिक अभियन्ताद्वय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ कमला गिरी, फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा र नानुमाया गुरुङ सम्मानित भए । यस्तै, खेलकुदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भए ।

यस्तै, विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ६ महिला सहकारी संस्थालाई ७५ हजारसहित सम्मानपत्र दिइएको थियो ।

प्रदेश नीति तथा योजना आयोग सदस्य सुवास अधिकारीले सरकारले पहिलो पटक विभिन्न क्षेत्रका क्रियाशील महिलालाई सम्मान दिएकोमा खुसी प्रकट गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width