पत्रकार एवं सामाजिक व्यक्तित्व कृष्ण थापालाई मातृशोक

आदर्श समाज सम्वाददाता
फागुन २४, २०८०
Krishna Kumari Thapa late

स्व.कृष्णकुमारी थापा

पोखरा । पत्रकार एवं सामाजिक व्यक्तित्व कृष्ण थापालाई मातृशोक परेको छ । उनकी ममतामयी माता कृष्णकुमारी थापाको ७९ वर्षको उमेरमा गएराति निधन भएको हो ।

पोखराको सराङकोटका थापा परिवार पछिल्लो समय पोखरा ८, सिमलचौरमा बस्दै आएको छ ।

कृष्णकुमारी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् । केही समयअघि काठमाडौं समेत उपचारका लागि लगिएको थियो । महिला संघको संस्थापक उनी नेपाली कांग्रेसका शीर्ष नेताहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत नेताहरुले भाउजू उपनामले सम्बोधन गर्थे । उनको बिहीबार सेती नदी तुल्सीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । उनका २ छोराहरुमा कृष्ण कान्छा हुन् । जेठा सन्तोष थापा हुन् ।

कृष्ण थापा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् । उनी विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै सक्रिय छन् ।

पोखराको रेडियो सराङकोटका कार्यकारी निर्देशक उनी सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष हुन् । क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width