फेरि फेरियो गठबन्धन: ३ मन्त्रीले लिए शपथ

आदर्श समाज सम्वाददाता
फागुन २१, २०८०
New-mantrioath

पोखरा ।  ‌संघमा गठबन्धन फेरिएलगत्तै नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।

तामाङ माओवादी, गिरी एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

तामाङ यसअघि खेल्कुद, गिरी स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width