कुमुदिनी होम्सको क्विज प्रतियोगितामा न्यु मोडल प्रथम

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
new model

पोखरा । कुमुदिनी होम्स माविले आयोजना गरेको दोस्रो कुमुदिनी अन्तरविद्यालय स्तरीय क्विज प्रतियोगितामा न्यु मोडल सेकन्डरी स्कुल प्रथम भएको छ । प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुल दोस्रो र ग्लोबल कलिजियट तेस्रो भएका छन् । सान्त्वना स्थान बाल मन्दिरले प्राप्त गरेको छ । न्यु मोडलका अरिज पोखरेल, अन्दिज बस्ताकोटी र सजीता सिंहको समूहले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गण्डकी बोर्डिङका श्रीया पौडेल, अभिनव ढुंगाना र प्रसुन अधिकारीको समूहले १० हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । ग्लोबल कलेजियट स्कुलका प्रनिल आचार्य, सन्देश सापकोटा र जोशीला अधिकारीको समूहले ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बाल मन्दिर माविका राजु तिमिल्सिना, रक्षा शर्मा र स्वस्तिका पौडेलको समूहले ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो कुमुदिनी अन्तर विद्यालय क्विज प्रतियोगितामा पोखराका १५ विद्यालयका विद्यार्थी सहभागी भएको कुमुदिनी होम्स माविका भाइस प्रिन्सिपल मुकेशकुमार अधिकारीले जानकारी दिए ।

समापन समारोहमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको शिक्षण सिकाइ सँगसँगै यस्ता प्रश्नोत्तरका प्रतियोगिताले उनीहरूको दक्षता अभिवृद्धि गर्नमा सघाउने बताए ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…

hero news full width