विन्ध्येश्वरी आदर्शमा वादविवाद र हिज्जे

आदर्श समाज सम्वाददाता
माघ २३, २०८०
English debate and spelling news

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, पोखरा १ मोहरिया टोलमा अंग्रेजी वादविवाद तथा हिज्जे प्रतियोगिता भएको छ ।

वादविवादमा मावितर्फ कक्षा ९ की छात्रा अनीता विक प्रथम, कक्षा ८ की छात्रा अंशु भुजेल द्वितीय र सोही कक्षाकी छात्रा प्रशंसा कार्की तृतीय भए । आधारभूत (सिनियर) तर्फ कक्षा ७ की छात्रा मञ्जिसा भुजेल प्रथम र कक्षा ६ का छात्र विनायक गिरी द्वितीय भए ।

अंग्रेजी हिज्जे प्रतियोगितामा रातो सदन ‘क’ बाट आदित्य लम्साल, श्रीषा तिमिल्सिना, अंकित मन्नाको समूह प्रथम, रातो सदन ‘ख’ बाट सुजना परियार, विश्वास थापा, उत्कर्ष विष्टको समूह द्वितीय र हरियो सदनबाट केन्जल जिसी, दिया क्षेत्री, सन्देश तामाङको समूह तृतीय भएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरे । कार्यक्रम सञ्चालन शिक्षक गणेश पौडेल र अनीता थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width