पोखरा आदर्श सेकेन्डरीमा प्रतिभा प्रस्फुटन

आदर्श समाज सम्वाददाता
माघ २१, २०८०
pokhara adarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरीमा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

प्राचार्य फणिन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितात्मक कार्यक्रममा विभिन्न विधामा विद्यार्थीले प्रतिभा प्रदर्शन गरे । नृत्यतर्फ जुनियर लेभलतर्फ कक्षा २ का खुसी लुन्बाको समूह प्रथम, कक्षा ५ की एन्जिला बास्तोला द्वितीय र कक्षा ३ का करुणा गौतमको समूहले तृतीय भए ।

सिनियरतर्फ कक्षा ८ का सुजृति आचार्यको समूह प्रथम, कक्षा ७ का सुम्निमा राईको समूह द्वितीय र कक्षा ६ का हेलिन गुरुङको समूहले तृतीय स्थान प्राप्त गरेको छ ।

कवितातर्फ कक्षा ५ की निश्मा पाइजा प्रथम र कक्षा ४ का अन्शुल कार्कीको समूहले दोस्रो भयो । गायनतर्फ कक्षा ६ का विवेक ढकाल प्रथम, कक्षा ७ का विजय अधिकारी र अमन नेपालीको समूह द्वितीय र कक्षा १ का सिजल पोखरेलको समूह तेस्रो भयो ।

अभिनय विधातर्फ कक्षा ७ का सुदर्शन पौडेल प्रथम, कक्षा ३ का प्रनिल क्षत्रीको समूह द्वितीय र कक्षा ५ का आरभ दाहालको समूहले तृतीय हासिल गरेको छ । निर्णायक संयोजक एवं सहप्राचार्य ज्ञानेश्वर सुवेदी, सदस्यमा नृत्य निर्देशक माधव सुनार र नेपाली भाषा शिक्षक सावित्री कार्की थिए ।

प्रतिभा प्रस्फुटन कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं विद्यालयका अतिरिक्त कार्याकलाप प्रमुख तिलक बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width