बुद्धिचाल संघ कास्की अध्यक्ष अनिलको निधन

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
anil dies

पोखरा । बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनिलबहादुर कोइरालाको हृदयाघातका कारण निधन भएको छ । ३ दिनअघि हृदयाघात भएपछि उनलाई गैह्रापाटनस्थित फिस्टेल अस्पताल राखिएकोमा बुधबार साँझ निधन भएको हो ।

पोखरा गणेशटोल निवासी उनी बुद्धिचालका अब्बल खेलाडी थिए । समाजसेवासँगै व्यवसायमा आबद्ध उनी यसअघि बुद्धिचाल संघ गण्डकी प्रदेशको म्यानेजर भएर पनि काम गरेको बुद्धिचाल संघ गण्डकी प्रदेश अध्यक्ष युवराज भण्डारीले बताए ।

अनिलका श्रीमती, २ छोराहरु छन् । उनी परिवारका माहिला छोरा हुन् । दाइ सञ्जीवबहादुर नेपाल उद्योग वाणिज्य संघ गण्डकीका निवर्तमान अध्यक्ष हुन् भने भाइ सुनिल हुन् । स्व. अनिलको बिहीबार बिहान गणेशटोलबाट शवयात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width