पोखरा । युवा तथा खेलकुद मन्त्रालयद्वारा पोखरामा कार्यरत पत्रकार रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् ।
मन्त्रालयमा बुधबार आयोजित समारोहमा मन्त्रालयले हरेक प्रदेशको प्रतिनिधित्व हुने गरी २५ हजार राशिको खेलकुद पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । पत्रकार रोहितराज नयाँ पत्रिका दैनिक र रिखिराम समाधान दैनिकमा कार्यरत छन् । उनीहरु नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य हुन् ।
यसैगरी, कोशीबाट हरिप्रसाद कोइराला (मोरङ), मधेशबाट तिवारी यादव (बारा), बागमतीबाट गोविन्दराज नेपाल (धादिङ), गण्डकीबाट रोहितराज पराजुली (कास्की), लुम्बिनीबाट रिखिराम जिसी (प्यूठान), कर्णालीबाट नन्दराम जैसी (जुम्ला), सुदूरपश्चिमबाट नवराज पनेरु (डँडेलधुरा) र महिलातर्फ दैलेखकी रजनीकुमारी योगी पनि २५ हजारसहित सम्मानित भए ।
यसैगरी, ५० हजार राशिको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान गोविन्द रेग्मी (धादिङ) ले प्राप्त गरे । उनी गोरखापत्र अनलाइनमा कार्यरत छन् ।
राष्ट्रिय खेलकुद सम्मानबाट ९ जना सम्मानित भए । जसमा मेनुकाकुमारी राजवंशी (कबड्ड्ी), नवीता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), एरिका गुरुङ (कराँते) सुभश्री श्रेष्ठ (टेबलटेनिस), पलेशा गोवर्धन (पारा तेक्वान्दो), पार्वती राई (कबड्डी), तेजेन्द्र सिंह महरा (टेबलटेनिस) र आविस्कार पुडासैनी (फुटबल) ले १ लाखसहित सम्मानित भए ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यमा भएको समारोहमा मन्त्रालयका सचिव रविलाल पन्थ, सहसचिव शिवप्रसाद रेग्मी, राखेपका पदाधिकारी, छनोट समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।
अघिल्लो वर्ष पनि पोखरामा कार्यरत पत्रकार केशव पाठकले ५० हजार र विजय नेपाल, धनबहादुर गुरुङ (सुमन), दीपक परियार र विजय नेपाली यस्तै प्रकृतिको २५ हजार राशिको पुरस्कारबाट सम्मानित भएका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१