लिटिल स्टेपको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
litel step school progrem photo

पोखरा । सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले कार्यक्रम उद्घाटन गर्दै गुणस्तरीय शिक्षा र विद्यार्थीलाई संस्कारयुक्त बनाउनुपर्नेमा जोड दिए ।

पोखरा लिङ्कन इन्टरनेसनल कलेज तथा लिटिल स्टेप मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर गुरुङले सबैको साथ सहयोगबाट विद्यालय हालको अवस्थामा आएको चर्चा गर्दै गुणस्तरीय शिक्षा दिन आफूहरु प्रतिबद्ध रहेको सुनाए ।

हिसान गण्डकीका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्मा, अभिभावकको तर्फबाट कुलमाया पौडेल क्षत्री लगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रमबीच विज्ञान तथा सामाजिक अध्ययन विषयसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरियो । प्रतियोगितात्मक उक्त प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुन सफल समूहलाई तहगत रुपमा नगद पुरस्कार वितरण गरियो ।

विद्यार्थीले राइन्स, नृत्य लगायत विभिन्न प्रस्तुति राखे भने शैक्षिक लगायत अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरियो । विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जीव उदासको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्राचार्य पम्फा गुरुङले स्वागत गरेकी थिइनु । मावि संयोजक ताराप्रसाद सुवेदी, शिक्षक चित्रबहादुर अधिकारी र विद्यार्थी सिर्जना क्षत्रीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width