पोखरामा निर्मााणधीन घरको सर्भे गर्न गएका इन्जिनियरको लिफ्टबाट खसेर मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०

पोखरा। पोखरामा निर्माणाधीन एक घरको सर्भे गर्न गएका इन्जिनियरिको लिफ्टबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुक्ति इनर्जी प्रालिका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराई हुन् । उनी पोखरा ८, रत्नचोक निवासी हुन् ।

मंगलबार दिउँसो करिब १ बजे पोखरा ६, खहरेचोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको तातोपानीको सर्भे गर्नेक्रममा उनी पाँचौं तलाको लिफ्टबाट अचानक खसेर घाइते भएका थिए । घाइते उनको उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले दिउँसो साढे २ बजे मृत घोषणा गरेका हुन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width