लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’ को अधिवेशन पोखरामा

आदर्श समाज सम्वाददाता
माघ १५, २०८०
lions convention

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे, नेपालको दोस्रो जिल्ला अधिवेशन पोखरामा हुने भएको छ ।

आगामी चैत ३ मा पोखरा सभागृहमा हुने अधिवेशनको होस्ट क्लब लायन्स क्लब अफ पोखरा गण्डकी हो । सन् १९८७ मा पोखराबाटै महिलाहरु मात्रको लायन्स क्लब स्थापना भएको थियो ।

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशन संयोजक पूजन शाक्यले पोखरामा पहिलो पल्ट डिष्ट्रिक्ट ३२५ जेको अधिवेशन हुन लागेको बताइन् । यसअघि पहिलो अधिवेशन काठमाडौंमा भएको थियो ।

यही अधिवेशनबाट पोखराकी मिलन थापा डिष्ट्रिक्ट गभर्नर चुनिने छिन् । सन् १९९८ मा पोखरा क्षेत्रबाट लायन्स पोखराका प्रेमबहादुर श्रेष्ठ मल्टिपल काउन्सिल चेयरर्सन बनेका थिए । सन् २००५ मा सोही क्लबका योगेन्द्र प्रधान, पोखरा लेकसिटीका दीपक श्रेष्ठ, पोखरा चौतारीका ध्रुवबहादुर थापा, पोखरा सेन्ट्रल टाउनबाट हाल पोखराका मेयर धनराज आचार्य, पोखरा सेन्ट्रलबाट विशेश्वर आचार्य, डिष्ट्रिक्ट के बाट राजेन्द्र बाटाजु, डिष्ट्रिक्ट ३२५ जेबाट ध्रुव थापा, डिष्ट्रिक्ट आईबाट राम बसेल गभर्नर भइसकेका छन् ।

अधिवेशन सफल बनाउन पोखरास्थित संघसंस्थाहरु र पोखरावासी उत्साहित छन् । अधिवेशनका कारण लायन्सहरुको उल्लेख्य सहभागिता हुने भएकोले यहाँको पर्यटन क्षेत्र पनि उत्साहित छ । अधिवेशनलाई लक्षित गरी पर्यटन व्यवसायीले उत्साहपूर्वक आकर्षक प्याकेजको घोषणा गरेका छन् । जसमा पोखरा होटल संघले ३० प्रतिशत, नेपाल टुरिजम भेइकल एसोसिएसनले २०, रेवानले १५, होम स्टे र ट्रेकिङमा ४०, जिप फ्लायर स्वीङ र बन्जीजम्पमा ३० प्रशित छुट व्यवस्था गरिएको छ । प्याकेजसँगै ६ हजार जना प्रतिनिधि र उनीहरुसँग अन्य परिवारका सदस्इ समेत आएको अवस्थामा यहाँको पर्यटनले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

शिक्षाविद् जर्ज जोन संस्थापक अध्यक्ष रही पोखराका लब्धप्रतिष्ठित व्यक्तिहरुबाट सन् १९७६ मा लायन्स क्लब अफ पोखराको स्थापना भएको थियो । शीला थापा संस्थापक अध्यक्ष रहेको लायन्स पोखरा गण्डकी भने सन् १८९७ मा स्थापना भएको हो । त्यसबेला पोखरा क्षेत्रकै २१ जना दिदीबहिनी मिली क्लब स्थापना भएको थियो । क्लबमा हाल ३९ सदस्य छन् । पोखरा क्षेत्रमा हाल लायन्स समर्पित २ सय ३० क्लब छन् । तीमध्ये ३ हजार ९ सय सदस्य र १५ लियो क्लब सदस्य छन् । एउटा डिष्ट्रिक्ट बन्नलाई कम्तीमा ३५ क्लब र १ हजार २ सय ५० सदस्य हुनुपर्ने प्रावधान छ ।

Related News

सम्बन्धित समाचार

  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width