पोखरामा पुन हिल कप भलिबल सुरु

आदर्श समाज सम्वाददाता
माघ १५, २०८०
Pun Samaj Photo

पोखरा । पुन समाज नेपाल आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप खुला क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले सघाउने बताए । पुन समाजले गरेको प्रतियोगिताको आगामी दिनमा निरन्तरताको कामना गरे ।

समाजको स्थापना दिवस अवसरमा आयोजित प्रतियोगिता १९ माघसम्म चल्नेछ । समाजका महासचिव खिमन शेरपुजा पुनले बताए । भेट्रान्सतर्फ उद्घाटन खेलमा पुन समाज ढुंगेपाटनलाई २–० ले हराउँदै पुन समाज नेपाल विजयी भयो ।

यस्तै, पुन समाज रामबजार र लालीगुराँस पुन मगर समाज, लामाचौरबीच दोस्रो खेलमा लामाचौर विजयी भयो ।

खुला क्लबस्तरीय पुरुष भलिबलतर्फ विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले ६६ हजार ६६६ र उपविजेताले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

४० वर्षमाथिको प्रौढ (भेट्रान्स) भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width