मानवसेवा आश्रमलाई बुहारीहरुको सहयोग

आदर्श समाज सम्वाददाता
माघ ६, २०८०
buhari

पोखरा । बुहारी सशक्तीकरण समाज पोखराले मानवसेवा आश्रममा न्यानो लुगा तथा नगद हस्तान्तरण गरेको छ । संस्थाका सदस्यहरूबाट संकलित ७ हजार ५५ रुपैयाँ तथा केही थान न्यानो लुगा हस्तान्तरण गरिएको हो । सोही अवसरमा शुभकामना बचत तथा सहयोगी समूह पोखरा ३० ले पनि नगद २५ सय रुपैयाँ प्रदान गरेको थियो ।

बेसाहारा सडक मानवलाई सहारा दिएर गास, बास र कपासको सुविधा दिने मानवसेवा आश्रममा आफूले खाने गास घटाएर भएपनि सहयोग गर्दै आएको बुहारी सशक्तीकरण समाजका कार्यसमिति सदस्य तथा शुभकामना बचत तथा सहयोगी समूहका सचिव सुनिता खत्रीले बताइन् ।

समाजमा ठूलो हिस्सा ओगटेका बुहारी वर्गलाई एकताबद्ध बनाएर सीपमूलक तालिम र नेतृत्व विकासका कार्यक्रम गर्ने तथा मानवसेवा र समाजसेवामा समर्पित गराउने उद्देश्यले बुहारी सशक्तीकरण समाज गठन भएको समाजका अध्यक्ष निर्मला केसीले बताइन् ।

चुलोचौकोमा सिमित बुहारीहरु अवसर पाए आत्मनिर्भर र परोपकारी कार्यमा योगदान दिन सक्छन् भन्दै केसीले आयआर्जन र उद्यमशीलतामा लाग्न आह्वान गरिन् । मानवसेवामा समर्पित संस्था तथा व्यक्तिहरूको सहयोगले नै आश्रममा रहेका दर्जनौं बेसाहारा व्यक्तिलाई साहारा मिलेको बताउँदै आश्रमका व्यवस्थापक सम्झना बर्ताैलाले धन्यवाद व्यक्त गरिन् ।

मानवसेवा आश्रम छोरेपाटनमा ७० जना महिला तथा बालिका आश्रित छन् भने हेम्जा शाखामा १ सय २३ जना पुरुष तथा बालक आश्रित छन् । बौद्धिक अपांगता भएर सडकमा छाडिएका अधिकांश आश्रतिहरूलाई उद्दार गरी आश्रममा व्यवस्थापन गर्न कठिनाइ भएपनि उनीहरूको सेवामा आफूहरू समर्पित रहेको त्यहाँका समर्पित अभियन्ताहरूले बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width