पोखरा १५ मा खेलकुद महोत्सव जारी

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
Ward 15 soprts star

पोखरा । पोखरा–१५ मा दोस्रो बृहत् खेलकुद महोत्सव जारी छ । वडा कार्यालय–१५ ले आयोजना गरेको महोत्सवमा दर्शकको भिड लाग्ने गरेको छ । दोस्रो दिन बुधबार विद्यालय क्लब तथा टोलस्तरीय फुटबल, महिला–पुरुष भलिबल, महिला–पुरुष सडक दौड, आमा समूहको रस्साकस्सी र ब्याडमिन्टनका खेल भए ।

पुरुष सडक दौडमा ठाकुरबहादुर थापा पहिलो, तुलबहादुर भण्डारी दोस्रो र लालबहादुर थापा तेस्रो भए । महिला सडक दौडमा पोम कुमारी बुढा, रूपा बरुवाल र रेनुका थापा क्रमशः पहिलो दोस्रो र तेस्रो हुन् सफल भए ।

यस्तै, आमा समूह रस्साकस्सीतर्फ १३ टिम सहभागी प्रतिस्पर्धामा जना जागृति आमा समूह प्रथम र स्यानी मजुवा आमा समूह दोस्रो भए ।

यता, पुरुष भलिबल खेलमा सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन्। बुधबार आदर्श टोलले तल्लो सिमल बोट मार्गलाई, गलेश्वरले प्रतिभा मार्गलाई, तल्लो नयाँ गाउँले आदर्श टोल र गलेश्वरले शिवशक्ती टोललाई पराजित गरे ।

जितसँगै गलेश्वर र तल्लो नयाँ गाउँ फाइनलमा प्रवेश गरेका छन् । महिला भलिबलतर्फ ढुंगेसाँघु र जनजागृति फाइनलमा प्रवेश गरे ।

यस्तै, फुटबलतर्फ एसओएस हर्मन माइनरले भ्यू प्वाइन्टलाई ३–०, प्रतिभा टोलले शिवशक्ति टोललाई १–०, रेन्वो एकेडेमीले सिद्ध माविलाई ३–२, ढुंगेसाँघुले संगम टोललाई ५–४, दिव्यज्योतिले श्री गण्डकीलाई ५–३, मेरिगोल्डले नेपाल भारतलाई ४–० र फलेपाटनले स्यानी मजुवालाई ३–१ ले पराजित गरेका छन् । ब्याडमिन्टनतर्फ बुधबार पुरुषतर्फ तल्लो नयाँ गाउँ र ढुंगेसाँघु तथा महिलातर्फ माछापुच्छ्रे चौतारी र जनजागृति फाइनलमा प्रवेश गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width