मित्रमिलन सहकारी प्रकरण : सहकारीका पूर्व रजिष्ट्रार पराजुलीसहित ४ जना जेल चलान

आदर्श समाज सम्वाददाता
पौष १७, २०८०
kaski cout rajendra

तस्बिर : राजेन्द्र अधिकारी

पोखरा । सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।

न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुली सहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै कारागार चलान भएका अदालतका सूचना अधिकारी सूरज अधिकारीले जानकारी दिए । प्रहरीले ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना पक्राउ परेका छन् । अन्य फरारको खोजी भैरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width