तेक्वान्दोमा अञ्जुली च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १६, २०८०
Anjuli champions

पोखरा । प्रथम खुला आमन्त्रित पोखरा तेक्वान्दो प्रतियोगितामा आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन भएको छ । ६ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको हो ।
यस्तै, ५ स्वर्ण, २ रजत पदकसहित तनहुँ ऋसिङ पाटन दोस्रो र ४ स्वर्ण, ६ रजत र १२ कास्य पदकसहित भीमाद दोजाङ तेस्रो भए ।

२ स्वर्ण प्राप्त गरी आयोजक अञ्जुली तेक्वान्दो दोजाङका पितर तामाङ र महिलातर्फ रिसिङ पाटन दोजाङकी सलका श्रेष्ठले २ स्वर्ण पदक प्राप्त गरी उत्कृष्ट खेलाडी घोषित भए । विजयी टिमलाई पदक र प्रमाणपत्र प्रदान गरियो ।

गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवर प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत मिल्ने बताए । नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक विशाल बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रेदश सभा सदस्य दिलमाया पवी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ महासचिव घमबहादुर थापा, पोखरा १ वडाध्यक्ष साहारा प्रधान, अञ्जुलीका संथापक निर्देशक राजु केसी, शिक्षक लक्ष्मण पौडेल, बागलुङ जिल्ला तेक्वान्दो संघका सदस्य चिरन बुढामगरले बोलेका थिए ।

अञ्जुली आइटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवासीय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट १८ डोजाङका २ सय ५० जना खेलाडीले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width