फेवातालमा भएको बोट रेसमा स्विमिङ पुलघाट प्रथम

आदर्श समाज सम्वाददाता
पौष १४, २०८०
boat race

पोखरा । २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । शनिबार फेवातालमा भएको खुला डुंगा दौडमा स्विमङपुल घाट ‘ए’ प्रथम भयो । गौरीघाट द्वितीय र वाराहीघाट तृतीय भए । उनीहरुले क्रमशः २०, १० र ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरे ।

त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितीय तथा नेपाल टुरिजम भ्यान एसोसिएसन तेस्रो भए ।

सडक महोत्सवमै भएको वेटर रेसमा व्यञ्जन रेस्टुरेन्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ द्वितीय तथा बेञ्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमशः १०, ७ र ५ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
वेट्रेस रेसतर्फ व्यञ्जनकी मोनिका नेपाली प्रथम, ब्यञ्जनकै माया घले दोस्रो र बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले क्रमशः ७, ५ र ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
मम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ प्रथम, गोविन गाहा दोस्रो र खगेन्द्र अर्याल तेस्रो भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्वितीय र विष्णु थापा मगर तृतीय भए ।

विजयीलाई आयोजक रेवान पोखराका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक वीरेन्द्र लामा, रेवान पूर्व अध्यक्ष बलराम पहारी, भीमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width