गुरुङ संस्कृतिले तान्न सकिन्छ पर्यटक

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
gurung tourism

पोखरा । तमुुहरूको महान पर्व मुप्री ल्होसार/ल्होछारका अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवं गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उनको भनाइ थियो । गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहेका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्धि गर्न सकिने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारको उदाशिनता देखिएको बताउँदै उनले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुुपर्नेमा जोड दिए ।

गुरुङ समुदायका युवाहरू व्यावसासयिक रुपमा अघि बढ्नुुपर्नेमा जोड दिँदै उनले सफलताका लागि निरन्तरता, धैर्य आवश्यक हुने बताए । गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवं रोजगारी बृद्धिका धेरै सम्भावना रहेको उल्ल्ेख गरे । संघले गुुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दूधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उनले बताए । गुरुङ सम्पदा पदमार्गका रुपमा यसको विकास गर्न सकेमा यसले पदयात्रा पर्यटनसँगै समग्र पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुु¥याउने उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुुरुङ पर्यटन व्यवसायीहरूको विशिष्ट योगदान हुँदै आएको बताए । कोरोना प्रभावित पर्यटनलाई सहयोग पुु¥याउन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी प्रदेश सरकारको समयमा ल्याइएको व्यवसाय जीवन रक्षा कोषको अबधारणा सह्रानीय भएको बताउँदै उनले सरकारको व्यवसायमैत्री नीति आवश्यक भएकोमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गरे । क्होलासोँथर गाउँपालिका लम्जुुङका अध्यक्ष सूूर्य गुरुङले गुुरुङसम्पदा पदमार्गको विकासका लागि पालिकाका तर्फबाट सक्दो बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे ।
गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा एवं महासचिव तुल गुुरुङले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरूले प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटनलाई उत्पादनसँग जोड्न सकिने धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width