आत्मनिर्भर बनाउन बेर्ना उत्पादन

आदर्श समाज सम्वाददाता
पौष ५, २०८०
pkr 16 pic

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ ले विभिन्न उन्नत जातका तरकारीका बेर्ना उत्पादन गर्न थालेको छ । पोखरा १६ महेन्द्र गुफा र घार्मीखोलाका महिलालाई आत्मनिर्भर बनाउन वडाले कृषि सहकारीमार्फत् बेर्ना उत्पादन थालेको हो ।

महेन्द्र गुफाको नयाँ किरण कृषि सहकारी संस्था तथा ग्रिनभ्याली सहकारीका महिला सदस्यलाई बेर्ना उत्पादनको लागि हाइब्रिड काँक्रो, घिरौंला, करेलाका बिउ वितरण थालिएको महानगरपालिका कृषि सञ्जालले जनाएको छ ।

तरकारीका बेर्ना तयार पार्न प्रत्येक कृषि सहकारी संस्थाका सदस्यहरुलाई बिउ, नर्सरी प्लास्टिक, हजारी, माटोमा हाल्ने विषादी तथा तालिम निशुल्क रुपमा उपलब्ध गराउने पोखरा १६ का जनप्रतिनिधि मञ्जु बस्यालले बताइन् ।

कृषि उत्पादनमा राम्रो सम्भावना भएकाले कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य वडाले लिएको छ । वडावासीलाई कृषि बालीमा आत्मनिर्भर बनाउन पालिकाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको बस्यालले जानकारी दिइन् ।

सहभागी महिलालाई प्रशिक्षक पुष्पा अञ्जली हमाल तथा दामोदर अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रमको समन्वय वडा नं १६ का जनप्रतिनिधि मञ्जु बस्याल तथा कृषि सञ्जाल संयोजक जितबहादुर बस्नेतले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै