दीपक अर्यालको ‘आऊ न आमा आऊ’

आदर्श समाज सम्वाददाता
पौष २, २०८०
Song

पोखरा । दीपक अर्यालको मर्मस्पर्शी नेपाली लोक दोहोरी गीत ‘आऊ न आमा आऊ’ सार्वजनिक भएको छ ।

पछिल्लो समय भ्वाइस अफ नेपाल किड्स हुँदै लाइभ दोहोरीमार्फत चर्चा कमाएका सुप्रिम मल्ल ठकुरीको स्वर, दीपक अर्यालको शब्द, तारानाथ आचार्यको संगीत संयोजनमा रहेको गीतको अर्यालले आफ्नै युट्युब च्यानल ‘दीपक अर्याल अफिसियल’ मार्फत् सार्वजनिक गरेका हुन् ।

निसान बानियाको कथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सारिका केसी, आसिरप्रताप जंग, सुप्रिम मल्ल ठकुरी, रिना गुरुङ, अर्जुन नेपाली लगायतकोे जीवन्त अभिनय देख्न सकिन्छ ।

वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका अर्यालले नेपाली समाजसँग मेलखाने घटनाक्रमलाई नै मेल खाने गीत तयार भएको भन्दै दर्शक स्रोताको मन जित्नेमा आफू आशावादी भएको बताए । उनले भने, ‘गीतमार्फत् आमा गुमाएको एक बालकले आमाको अभावमा समाजमा भोग्नुपरेका विभिन्न विषयवस्तुलाई प्रस्तुत गर्ने प्रयास भएको छ । पक्कै पनि यसअघिका मेरा सिर्जना जसरी नै सबैको माया पाउने छु भन्ने विश्वास छ ।’

अर्यालका यसअघि ‘एउटा बाचा गर्छु’, ‘तिम्रै तस्बिर प्यारो लाग्छ सानु’, ‘आत्महत्या गर्छु भन्दा नि’ लगायत गीतहरू सार्वजनिक भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width