स्वास्थ्य पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८०
vyas

दमौली । तनहुँको व्यास नगरपालिकाले विद्यालयका स्वास्थ्य शिक्षकलाई स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकलाई मंगलबार र बुधबार गरी दुई दिन तालिम प्रदान गरिएको हो । विद्यालयबाट प्रदान गरिने आधारभूत स्वास्थ्य तथा पोषणका सेवाहरू प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय गर्न तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार तालिम प्रदान गरिसकेपछि बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधारका साथै शारीरिक, मानसिक, शैक्षिक, बौद्धिकको विकास हुने अपेक्षा गरिएको छ ।

तालिममा नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका २० जना स्वास्थ्य शिक्षक तथा प्रध्यानध्यापकको सहभागिता थियो । तालिममा नगरपालिका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कल्पना दाहाल र जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width