सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीको वनभोज

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
banbhoj

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१२, माटेपानीले शनिबार पोखरा–११ स्थित काहुँकोटमा वनभोज आयोजना गर्‍यो ।

पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले वनभोजमा भोजमात्र नभई शुभआपसी भेटघाट र समाज सुधारका लागि छलफल हुने बताए । उनले सामुदायिक सेवा केन्द्रले समाजमा विकृति विसंगति ल्याउनेलाई नसियत दिएर सुधार गर्नुपर्ने सुझाव दिँदै कसैका आदेशमा दोषीलाई माफी दिन नहुने तर्क गरे ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ बजगाईं र सामुदायिक सेवा केन्द्र पृथ्वीचोक अध्यक्ष कमलबहादुर श्रेष्ठले पोखरा–१२, सेवा केन्द्रको गतिविधिको प्रशंसा गरे ।

सामुदायिक सेवा केन्द्र पोखरा–१२ का उपाध्यक्ष इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक वसन्त कोइरालाले स्वागत तथा सहसचिव शिवप्रसाद बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width