नाटक ‘एक चिहान’ मञ्चन

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
drama

पोखरा । नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ सोमार्फत मञ्चन सुरु भएको छ ।

विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमी समेतको उपस्थितीमा विशेष सो मार्फत मञ्चन भएको थियो । यो नाटक ६ पुससम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरन्तर मञ्चन हुने नाटकका निर्देशक परिवर्तनले बताए ।

‘एक चिहान’ साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । यो नाटक कक्षा ११ र १२ को अनिवार्य नेपाली पाठ्यक्रममा पनि समावेश छ ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाउन सघाएको छ ।

नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।

एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सहनिर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ । नाटक करिब डेढ घण्टाको रहेको पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले बताए ।

४ वर्षअघि पनि पोखरा थिएटरमा मञ्चन गरिएको यो नाटकलाई नवलपुरमा समेत मञ्चन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width