पोखरा । पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आएका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले ६ लाख रुपैयाँ राशिका ५ अक्षयकोष स्थापना गरिदिएका छन् । मोदी ५, मोदीखेतमा मिलन फाउन्डेसन नेपालको तर्फबाट आयोजना गरिएको कार्यक्रममा अक्षयकोषसहित आर्थिक सहयोग गरेका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका लागि २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त रकम अध्यक्ष रूद्रबहादुर श्रीस र उपाध्यक्ष खिमा गुरुङलाई हस्तान्तरण गरिएको छ । रकम ग्रहण गर्दै अध्यक्ष श्रीसले अक्षयकोषको ब्याजबाट आउने रकमले हरेक वर्ष १ जना पत्रकारलाई नगदसहित सम्मान गरिने बताए ।
कार्यक्रममा मोदी गाउँपालिका–५ बाजुङका मिलन–शील दलित कृषक समूह, मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मिलन प्रगतिशील महिला कृषक समूह र पातीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा १/१ लाख रुपैयाँ मूल राशि रहेका अक्षयकोषसमेत स्थापना गरिएको छ । गुरुङले काठमाडौंको महिला तथा बाल विकास मञ्चलाई ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
गुरुङको सक्रियतामा किसान समूहदेखि नौमती बाजाको संरक्षणको लागि पनि समूह निर्माण गरिएका छन् । फाउन्डेसनसहित अहिलेसम्म १८ वटा संस्थाहरू स्थापना भइसकेका फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले बताइन् । ती सबै संस्थाहरूलाई नियमन र सञ्चालन गर्ने गरी ‘मिलन ग्रुप अफ नेपाल’ नामक संस्था स्थापना गरिएको छ ।
मिलन फाउन्डेसन नेपालकी कार्यवाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मोदी ५ का अध्यक्ष मनबहादुर अधिकारी, वडा नं. ६ का वडाध्यक्ष दीपेन्द्रजंग लामिछाने, भूमि आयोग, पर्वतका सदस्य मनबहादुर पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एवं मिलन फाउन्डेसन नेपालका सल्लाहकार रूद्रबहादुर श्रीस, फोनिज, गण्डकीका उपाध्यक्ष एवं गोरखाली रेडियोका स्टेसन म्यानेजर खिमा गुरुङलागयतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
उच्च अदालतको मुख्य न्यायाधीशमा पोखराकी शान्तिसिंह थापासहित ६ जना सिफारिस
पत्रकार अधिकारीलाई वडाध्यक्षको धम्की, पत्रकार सम्बद्ध संस्थाले गरे निन्दा
लक्ष्मी आधारभूत पूर्व विद्यार्थी मञ्चमा छविराज
सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
गण्डकी भूपू बर्द परिवारद्वारा शुभकामना आदान प्रदान तथा देउसी भैलाे
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०