पत्रकार अधिकारीलाई वडाध्यक्षको धम्की, पत्रकार सम्बद्ध संस्थाले गरे निन्दा

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
FNJ

पोखरा । पत्रकार राजेन्द्र अधिकारीप्रति अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ कास्कीलगायत पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले निन्दा गरेका छन् ।
समाचार विषयबारे टेलिफोन संवादमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीले पत्रकार अधिकारीप्रति अपशब्द बोलेको र उनकी श्रीमती मीनाकुमारी आचार्य सुवेदीले बलात्कार आरोप लगाएर फसाइदिने भनी दिइएको धम्कीप्रति विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।

मित्रमिलन बचत तथा ऋण सहकारीको समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ कास्की पूर्व उपाध्यक्ष एवं डन न्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई वडाध्यक्ष सुवेदी र उनकी श्रीमतीले टेलिफोन संवादमा अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेका हुन् ।

पत्रकार महासंघ कास्कीका तर्फबाट सचिव माधव बराल, नेपाल प्रेस युनियन कास्की सचिव धनबहादुर गुरुङ, प्रेस सेन्टर नेपाल कास्की सचिव पुष्प दाहाल र अनलाइन पत्रकार संघ गण्डकी सचिव प्रल्हादचन्द्र घिमिरेले विज्ञप्ति जारी गरेका हुन् ।

उनीहरुले समाचारको विषयमा चित्त नबुझे खण्डन छाप्नुका साथै अन्य कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै यो दुव्र्यवहार पत्रकारितामाथिकै अपमान भएको जनाएका छन् । साथै दोषीलाई कानुनी कारबाहीको माग गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width