पोखरा । नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्वारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाका लागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो ।
युआरएलको १० औं वार्षिकोत्सवमा आयोजित समारोहमा अवार्ड र पुरस्कार अर्पण गरिनेछ । प्राडा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुन् । तनहुँमा जन्मिएका थापा करिब ४ दशकदेखि स्वास्थ्य सेवामा सक्रिय छन् ।
थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई स्वास्थ्य क्षेत्रमा नेतृत्व, सेवा, लोकप्रियता र जनस्वास्थ्यको सवाललाई सम्बोधन गरेकाले अवार्ड अर्पण गर्न लागिएको हो । पोखरा विश्वविद्यालयको संस्थापक सिनेटर रहेका प्राडा थापा सेतीगंगा सामुदायिक अस्पतालको दुई कार्यकालका अध्यक्ष थिए । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका बोर्ड डाइरेक्टर उनी तनहुँ रत्नसहित विभिन्न सम्मानबाट विभूषित छन् ।
पत्रकारिता पुरस्कार यसअघि प्रादेशिक स्तरमा प्रदान गरिँदै आएको थियो । यसपालिदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ ।
पुरस्कृत हुन लागेका पत्रकार श्रेष्ठ एभरेस्ट एफएममा आवद्ध छन् । समाचार र समसामयिक संवादमूलक कार्यक्रमका लागि परिचित उनी स्वास्थ्य कार्यक्रम ‘हेल्थ इज वेल्थ’ मार्फत् स्वास्थ्य सचेतना अभियानमा पनि उत्तिकै सक्रिय छन् । उनको सो कार्यक्रम एभरेस्ट एफएम ९३ मेगाहर्जमा दैनिक राति ८.४५ बजे प्रशारण हुन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षसमेत हुन् ।
पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । ८ सदस्यीय छनोट समितिमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी पूर्व प्रशासक नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम
रोटरीको निशुल्क दन्त शिविर
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१