चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामा   

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०८०
DBG_ANNAPURNA_

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् ।

नेपाल किसान महासङ्घले पोखरामा  शुक्रबार  आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए ।  उनले भने “चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकरात्मक रुपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न कठोर नीति अवलम्बन गरिएको बताए ।  उनले स्वास्थ्य क्षेत्रको सुधारका आफू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

Related News

सम्बन्धित समाचार

hero news full width