लामागाउँलाई फुटबल उपाधि

आदर्श समाज सम्वाददाता
असाेज २४, २०८०
football winner

पोखरा । लामागाउँले प्रथम खुला सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार फाइनलमा रामघाट एफसीलाई सडनडेथमा हराउँदै उपाधि चुमेको हो । उसले उपाधिसहित १ लाख जितेको छ । उपविजेता रामघाटले ६० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

एट टु नाइन गाइज आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समयको खेल १/१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २/२ गोलको बराबरी भएपछि खेलको टुंगो सडनडेथबाट लागेको हो ।

रामघाटका विशन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । लामागाउँका अनुज भण्डारी उच्च गोलकर्ता (४ गोल) घोषित भए । सोही टिमका अञ्जन क्षत्री उत्कृष्ट गोलरक्षक घोषित भए । उनी फाइनलको म्यान अफ दी म्याच समेत घोषित भए । फेयर प्ले माछापुच्छ«े त्रिशक्ति युनाइटेड घोषित भयो ।

यसअघि सेमिफाइनलमा लामागाउँले बि–१३ र रामघाटले गन्नी एफसीलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा ३९ टिमले भाग लिएका थिए । प्रतियोगिताको समापनमा सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्न प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले बताए । यशोदा यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । उनी यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width