दोस्रो राजपँधेरा भेट्रान्स कप हुने

आदर्श समाज सम्वाददाता
असाेज २३, २०८०
vollyball

पोखरा । राजपँधेरा टोल विकास संस्था, बाटुलेचौरको आयोजनामा भेट्रान्स कप दोस्रो राजपधेँरा भेट्रान्स कप भलिबल प्रतियोगिता हुने भएको छ ।

दसैं अवसरमा २६ देखि २८ असोजसम्म बाटुलेचौर खेल मैदानमा भलिबल प्रतियोगिता तथा विविध कर्यक्रम हुने संस्थाका अध्यक्ष मीनबवहादुर गुरुङले बताए ।

प्रतियोगितामा पोखरा वडा १, १६, १९ र २० का ३५ वर्षमाथिका पुरुष सहभागी टिमले मात्र भाग लिन पाउने उनले बताए ।

कार्यक्रमा भलिबलसहित रस्साकस्सी, घैंटो फुटाउने, ठेलो हान्ने प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने छन् । यस्तै, लिङ्गेपिङ समेत राखिने छ ।

भलिबल विजेतालाई च्यांग्रा तथा उपविजेतालाई भेडा साथमा मेडल र ट्रफी प्रदान गरिने छ । विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक विशाल खड्काले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । संस्थाका अध्यक्ष गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मूल समिति र विभिन्न १२ उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width