पोखरा । देशभरका महिला उद्यमी संघलाई उछिन्दै कास्की जिल्लास्थित महिला उद्यमी संघ कार्यसम्पादनका आधारमा नेपालमै प्रथम हुन सफल भएको छ ।
महिला उद्यमी महासंघ नेपालको २० औं वार्षिक साधारणसभा तथा ९ औं महाधिवेशनका बीच काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा शाखालाई नगद १५ हजारसहित प्रशंसापत्रले सम्मान गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसहित महासंघका अध्यक्ष नीरु रायमाझी खत्री, महासचिव महालक्ष्मी श्रेष्ठ, जिल्ला विस्तार समिति संयोजक सुनिता वैद्य श्रेष्ठ लगायतको टोलीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार ग्रहणमा संघ कास्की अध्यक्ष शारदा बराल, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, प्रथम उपाध्यक्ष एलिना बराललगायत निवर्तमान प्रथम उपाध्यक्ष प्रतिभा गैरे सहभागी थिए ।
संघका अध्यक्ष बरालले पुरस्कारले आफूहरूलाई हौसला थपेको उल्लेख गर्दै कास्कीमा स्वरोजगार महिला वृद्धि गर्न आगामी दिनहरूमा पनि सक्दो पहल लिने उल्लेख गरिन् ।
संघले यसअघि पनि २ पटकसम्म प्रथम, १ पटक दोस्रो साथै २ पटक सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
२०६६ सालमा ९ जनाबाट सुरु गरेको संघ कास्की शाखामा हाल १ सय ९४ जना महिला सदस्य छन् । महिला उद्यमी महासंघले हालसम्म ६१ जिल्लामा शाखा विस्तार गरेको छ ।
Related News
सम्बन्धित समाचार
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
महोत्सवलाई महिला उद्यमीले सघाउने
रेमिट्यान्सकै भरपर्नु अर्थराजनीतिमा जोखिम
४ करोड आयकर तिर्ने जाल्पा लघुवित्त उत्कृष्ट करदाता
ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०