सिद्धि सेतुली स्मृति प्रतिष्ठानद्वारा १ सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री, १२ जनालाई छात्रवृत्ति वितरण

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०८०
siddhi setuli (1)

पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले आइतबार समारोहबीच १ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री एवं १२ जनालाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थाले आमा सेतुलीमाया शाक्यको १०४ औं जन्मजयन्ती तथा बुवा सिद्धिरत्न शाक्यको ५० औं पुण्यतिथिका अवसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेहन्द्र मावि नयाँ बजारका १५, अमरसिंह माविका १५, कुँडहर आधारभूत विद्यालयका १५, सिर्जना बाहिरा आवासीय माजिका २५, ज्ञानुभूमि माविका २५ र मैत्री शिक्षा समूहका २० जना गरी १ सय १० जनालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

यसैगरी ज्ञानुभूमि माविका नदिपुरका ६ जना विद्यार्थीलाई शान्तरत्न शाक्य जेहेन्दार छात्रवृत्ति प्रदान गरियो ।

साथै विश्वरत्न शाक्य र श्रीमती बुलु शाक्यको ज्येष्ठ नागरिक भत्ताबाट बाल मन्दिरका १ कन्या क्याम्पसका ५ र विन्ध्यवासिनीका ३ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य नरेन्द्रमान लालचनले सिद्धि सेतुली स्मृति प्रतिष्ठान समाजसेवामा पूर्णरुपमा सार्पित संस्थाको रुपमा आफूले देखेको बताए ।

पोखरा–३ का वडा सदस्य सनकमान सिकेले प्रतिष्ठानको वृहत कार्यमा वडाले सहयोग गर्न नसकेको भन्दै दुख व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यषतामा भएको कार्यक्रममा सहसचिव कल्याण पन्तले स्वागत तथा सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width