गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जयकान्त

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०८०
sanjay kanta sigdel cricket

पोखरा । गण्डकी प्रादेशिक क्रिकेट संघ अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार दोश्रो वार्षिक साधारण सभाले उनको अध्यक्षतामा आगामी ४ वर्षका लागि १२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सिग्देल पोखरा पर्यटन परिषद्का महासचिवसमेत हुन् ।

कार्यसमिति उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ), कोषाध्यक्षमा दिवाकार थापा (स्याङ्जा) निर्वाचित भए । सदस्यमा देवेन्द्र प्रजु, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width